पार्वतीटोल विकास संस्थाकोे छैटौं साधारणसभा सम्पन्न
पाेखरा | चैत १४, २०७९
पोखरा: पोखरा महानगरपालिका वडा नं. ९ स्थित पार्वती टोल विकास संस्थाको छैटौं साधारण सभा आइतबार सम्पन्न भएको छ ।
साधारण सभा तथा समाज भवन उद्घाटन कार्यक्रमकी प्रमुख अतिथि पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले गर्नुभएको थियो ।
उपमेयर गुरुङले मानिसका आवश्यकता दिनप्रतिदिन वढ्दै जाँदा गास वास कपास पछि शिक्षा, स्वास्थ्य र रोजगार पनि थपिदै गएकोले अब आय आर्जनका कार्यमा महिलाहरु लाग्नु पर्ने वताउनु भयो ।
साथै उहाँले समाज भवन वनाउन सहयोग गर्ने व्यक्ति तथा संस्थाहरुलाई एस टि. पल, गोविन्द तुलाचन (गोपी), पार्वर्ती आमा समुह, लेखमाया थापामगर, जितबहादुर मोक्तान, जितबहादुर तामाङ, मनमाया गुरुङ, नीरमाया मोक्तान र टौकुमारी पुनमगरलाई दोसल्ला, अविर र सम्मान पत्रद्धारा सम्मान गरिएको थियो । करिब १४ लाख लागतमा समाज भवन वनेको हो ।
सो अवसरमा पुर्व प्रदेश सांसद प्रभा कोइराला, पोखरा महानगरपालिका वडा नं. ९ की कार्यबहाक अध्यक्ष लक्ष्मी पहारी, राष्ट्रिय महिला अधिकारकी केन्द्रिय उपाध्यक्ष दिलमाया गुरुङ, कार्यपालिका सदस्य गोविन्द तुलाचन (गोपी), नेकपा एमाले पोखरा ९ का अध्यक्ष प्रेमबहादुर गुरुङ, भुमि अधिकार तथा श्रमिकसंघ कास्कीका अध्यक्ष टेक बहादुर प्ुन, गणतान्त्रिक टोलविकास संस्थाका अध्यक्ष कृष्ण परियार, दलित सन्जाल पोखरा ९ का सचिव विकास आनन्द, शान्तिघाट आमा समुहकी अध्यक्ष सरस्वती श्रेष्ठ सरु लगाएतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष भिमबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष जितबहादुर मोक्तानले स्वागत र संचालन सचिव लेखमाया थापामगरले गरेकी गर्नुभएको थियो ।
गण्डकी प्रदेशलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन सकिने पर्याप्त आधार भए पनि राज्यको स्पष्ट दृष्टिकोण र लगानीको अभावमा यो क्षेत्र अझै बामे सर्न सकेको छैन । नेपाल खेलकुद पत्रकार मञ्च गण्ड...
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

